Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशका सार्वजनिक सवारीमा अब डिजिटल भाडा

काठमाडौं । लुम्बिनी प्रदेशमा चल्ने सार्वजनिक सवारीमा डिजिटल माध्यमबाट भाडा भुक्तानी गर्ने व्यवस्था ल्याइने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले यस्तो जानकारी दिएका हुन् ।

प्रदेश प्रमुख शेरचनले भने,'निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय प्रणालीबाट सवारी भाडा भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ ।'

सरकारले प्रदेशबासीको आवश्यकता बमोजिम प्रदेशका सम्पूर्ण सवारी साधनको हस्तलिखित अभिलेखलाई विद्युतीय विद्युतीय प्रणालीमा प्रविष्ट गरी यातायात प्रशासनलाई एकद्धार प्रणालीमार्फत व्यवस्थापन गर्दै नियमनलाई थप प्रभावकारी बनाइने नीति कार्यक्रम बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077