काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाई भेट गरेका छन् ।
राजदूत क्यापलरले आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कनुअघि शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिसँग बिदाई भेट गरेका हुन् ।
त्यस अवसरमा दुई जनाबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
Leave a Reply