काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदन सदनमा पेस भएकाे छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा सरकारले महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ पेस गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपतिबाट प्रधानमन्त्रीमार्फत सदनमा पेस भइ साे प्रतिवेदन प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिमा छलफल हुने गर्छ ।
Leave a Reply