Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माधव नेपालले भने – सरकार छाड्छौँ, तर यथास्थितिमा बजेट पास गर्न दिँदैनौं

    माधव नेपालले भने – सरकार छाड्छौँ, तर यथास्थितिमा बजेट पास गर्न दिँदैनौं

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 804
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न नदिने बताएका छन् ।

    पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताए ।



    अध्यक्ष नेपालले भने, ‘यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ । अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन ।’

    अध्यक्ष नेपालले बरु सरकार छाड्नुपरे आफूहरू छाड्न तयार रहेको तर यथास्थितिमा पास गर्न नदिने बताए ।भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताए ।

    बजेट बिनियोजनका क्रममा सरकारले आफूहरूको जिम्मेवारीमाथि नै हस्तक्षेप गरी डडेलधुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भएको अध्यक्ष नेपालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार