काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अराजक गतिविधिलाई सरकारले कुनै हालतमा छुट नदिने बताएका छन् ।
कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारको जवाफ मागेको थियो ।
गृहमन्त्री श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भएको बताए।
गृहमन्त्री श्रेष्ठले भने,‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ। यस्ता घटनाप्रति सरकार दुख व्यक्त गर्दछ।’
एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको गृहमन्त्री श्रेष्ठले बताए। एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको गृहमन्त्री श्रेष्ठले बताए।
अहिले सबैको सुरक्षा र वार्ताबाट समस्याको समाधानको पहल भइरहेको बताए। प्रदेश सरकारले पनि वार्ताको लागि आह्वान भइसकेको सकारात्मक कुरा भएको बताए।
Leave a Reply