काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको घरमा पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मणिग्रामस्थित भुसालको घरमा पुगेका हुन् ।
प्रधानमन्त्रीले घनश्यामको घरमा पुगेर भुसाल परिवारलाई समवेदन व्यक्त गरेका छन् ।
भुसालका पिता जगन्नाथ भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै आइतबार निधन भएको थियो । उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए ।
उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गरेका छन्
Leave a Reply