Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको ध्यान भारतलाई खोलानाला जिम्मा लागाउनेमा छ : राजेन्द्र लिङ्देन

काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिजुली कसरी भारतलाई जिम्मा लगाउनेमा मात्रै सरकारको ध्यान गएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले यस्तो बताएका हुन् । लिङ्देनले सरकारको ध्यान नेपालका खोलानाला भारतलाई जिम्मा लगाउनेमा केन्द्रित भएको बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘सरकार भारतलाई कसरी खोलानाला जिम्मा लाउने भन्नेमा ध्यान गएको छ।शेरबहादुर जी भारत गएको बेला पश्चिम सेतीलगायत बेच्नुभयो। अहिले फुकोट कर्णाली, अरुण तेस्रो बुझाइयो । भारतले विद्युत किनेन भने बिक्रि हुदैन भन्ने भ्रम रहेछ। त्यसैले कसरी हुन्छ भारतलाई विद्युत जिम्मा लगाउने ध्यान छ।’

सरकारले नेपालका अधिकांश खोलानालाहरु भारतलाई बेचिसकेको उनले आरोप लगाए। उनले अब केही खोला मात्र बाँकी रहेको उल्लेख गरे।

अध्यक्ष लिङ्देनले स्वदेशमा विद्युतको खपत बढाउने, व्यवसायीहरुलाई सहुलियत दरमा विद्युत दिने, हाइड्रोजन उत्पादन र मल उत्पादन तर्फ सरकारको ध्यान नगएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077