Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद चौधरीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदमा असंसदीय शब्द प्रयोग गरेपछि महिला सांसदहरुले विरोध गरेका छन् ।

विहिबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद चौधरीले नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्‍यो राति तब ‘ ‘भन्ने उखान बोलेका थिए ।

उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै विरोध भएपछि सभामुख देवराज घिमिरेले संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

सभामुख घिमिरेले संसदमा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077