Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेशसभा बैठक माओवादी केन्द्रले बहिष्कार गर्ने

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सभाको आजको बैठक बहिस्कार गर्ने भएको छ।

प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले भन्दै माओवादीले बहिस्कार गर्न लागेको हो ।

आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

गत मंगलबार प्रदेश सभामा प्रस्तुत मधेश सरकारको नीति तथा कार्यममाथि आजदेखि छलफल गर्ने तयारी गरिएको छ ।

सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेकोप्रति समेत माओवादीको असन्तुष्टि छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077