Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएपछि निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ।

शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको हो । राजनीतिक दलहरूसँगको बैठकमा पाँच विषयमा छलफल हुनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएको थियो।

आयोगले प्रेस विज्ञप्ति नै जारी गरी सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो।

यस विषयमा आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत छलफल गरेको थियो। गृहमन्त्री श्रेष्ठले पनि यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका थिए।

यस विषयमा आयोगले पुन: राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो। विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने विषयमा पनि आज छलफल हुनेछ। त्यस्तै राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणको सम्बन्धमा पनि छलफल हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077