Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालिकोटको रास्कोटमा जीप दुर्घटना : दुईको मृत्यु, एकजना घाइते

कालिकोट । कालिकोटमा जीप दुर्घना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग३च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक भएर दुर्घना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाही रहेका छन् । दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छन् ।

घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट तीन सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077