Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सगरमाथामा फहराएको झण्डा आईजीपी कुँवरद्धारा इन्टरपोललाई हस्तान्तरण

    सगरमाथामा फहराएको झण्डा आईजीपी कुँवरद्धारा इन्टरपोललाई हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।

    इन्टरपोलका अध्यक्ष अहमद नेसर अल रैसी र महासचिव जुर्गेन स्टोकलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले सगरमाथामा फहराएको इन्टरपोलको झण्डा आईजीपी कुँवरले हस्तान्तरण गरेका हुन् ।



    इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिंगापुरमा सुरू भएको १८औं हेड अफ नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) कन्फ्रेन्सका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गरे ।



    इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए ।

    आगामी शुक्रबार सम्पन्न हुने उक्त कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू समेत आदानप्रदान हुने कार्यक्रम रहेको छ ।

    एनसिबी काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त कन्फ्रेन्समा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फ्रेन्समा एनसिबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेतको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार