काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको आयोग पदाधिकारीको बैठकले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई सर्वदलीय बैठकमा बोलाउने निर्णय गरेको हो ।
सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्ताव ल्याएपछि त्यसविरुद्ध आयोगले छलफलका लागि बैठक बोलाएको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने प्रस्ताव ल्याएको हो ।
साथै नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्ने विषय, नगरपालिका र गाउँपालिकाबाट आवश्यक संयन्त्र खडा गरी मतदाता नामावली सङ्कलन गर्ने विषय बैठकमा छलफल गर्ने आयोगले जनाएको छ ।