Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पूर्व परराष्ट्रमन्त्री खड्का र पोल्यान्डका सिनेट अध्यक्ष ग्रोश्कीबीच भेट

    पूर्व परराष्ट्रमन्त्री खड्का र पोल्यान्डका सिनेट अध्यक्ष ग्रोश्कीबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 963
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा.नारायण खड्का र पोल्यान्डको राष्ट्रियसभा ‘सिनेट’ का अध्यक्ष डा. तोमास ग्रोश्कीबीच भेटवार्ता भएको छ ।

    साताव्यापी युरोप भ्रमणमा रहेका खड्काले अध्यक्ष डा. तोमास ग्रोश्की तथा उद्योग व्यापार सङ्घका प्रतिनिधिमण्डलसँग भेट गरेका हुन् ।



    भेटवार्ताका क्रममा सन् १९५९ नोभेम्बरमा स्थापित दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको बताईएको छ । साथै पूर्व परराष्ट्र मन्त्री खड्काले व्यापार, पर्यटन, विदेशी लगानी र विद्यार्थीहरूलाई पहिला दिँदै आएको छात्रवृत्ति पुनः सुरु गर्ने आग्रह गरेका थिए ।



    त्यस्तै खड्काले पोल्यान्डको उद्योग तथा व्यापार सङ्घका प्रतिनिधि र पदाधिकारीसँगको भेटमा नेपाल र पोल्याण्डबीच व्यापार र लगानी बढाउनेबारे छलफल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार