Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • आइसीसी विश्व टेस्ट च्याम्पियनसिप : भारतले टस जित्यो, पहिला फिल्डिङ गर्ने

    आइसीसी विश्व टेस्ट च्याम्पियनसिप : भारतले टस जित्यो, पहिला फिल्डिङ गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आइसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसि) २०२३ को फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेको छ ।

    इंग्ल्यान्डको द ओभलमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    भारत पहिलो संस्करणको फाइनलमा २०२१ मा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । अष्ट्रेलिया पहिलो पटक टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ । अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।



    विश्व टेस्ट च्याम्पियन्सिप जित्ने टिमलाई १.६ मिलियन डलर नगद पुरस्कार रहेको छ भने उपविजेताले ८ लाख डलर पुरस्कार पाउने छ ।

    अष्ट्रेलियाको टोली

    प्याट कमिन्स (कप्तान), स्कट बोलान्ड, एलेक्स केरी (विकेटकिपर), क्यामरन ग्रीन, मार्कस हरिस, ट्रभिस हेड, जोश इंग्लिस, उस्मान ख्वाजा, मार्नस लाबुसेन, नाथन लायन, टोड मर्फी, माइकल नेसेर, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क र डेविड वार्नर

    भारतको टोली

    रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, ईशान किशन (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव र जयदेव उनादकट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार