Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सिर्सिया बचाउन धर्ना बसेका अभियान्ता र उपप्रधानमन्त्री श्रेष्ठबीच भेट

    सिर्सिया बचाउन धर्ना बसेका अभियान्ता र उपप्रधानमन्त्री श्रेष्ठबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 897
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न दबाब दिँदै आएका अभियान्तालाई भेटेका छन् ।

    बुधबार धर्नास्थलमा पुगेका मन्त्री श्रेष्ठले वीरगञ्जबाट पदयात्रामा आएका अभियान्ता र स्थानीयलाई भेटेका हुन् ।



    नदीको पानी बोटलमा बोकेर काठमाडौं आएका अभियन्ताहरुले माइतीघरमा धर्ना दिँदै आएका थिए । बुधबार धर्नास्थलमा पुगेका गृहमन्त्री श्रेष्ठले चुरे तथा वातावरण संरक्षण र प्रदूषण नियन्त्रण सरकारको पनि एजेण्डा भएको बताए ।



    उनीहरूले ४ बुँदे मागसहितको ज्ञापनपत्रसमेत सरकारलाई बुझाएका छन् । गृहमन्त्री श्रेष्ठले प्रदूषणमुक्तको सरकारी लक्ष्यमा घचघच्याएर सरकारले बल पुर्‍याएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार