Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने -भ्रमणपछि नेपाल र भारतबीच विश्वासको वातावरण बन्यो, सीमा विवाद हल हुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने -भ्रमणपछि नेपाल र भारतबीच विश्वासको वातावरण बन्यो, सीमा विवाद हल हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 933
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनेको बताएका छन् ।

    बुधबार सार्वजनिक महत्वको विषयमा राष्ट्रियसभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल हुने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो, यो समस्या छिटो हल गर्नुपर्छ मात्र भनेको हो । मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन्न । समय शायद आउँछ, मैले प्रमाण देखाउन सक्छु । अहिले जो–जो नेताहरुले यो सट्टा भन्ने शब्द आँ पनि गर्नु हुन्थेन भन्नुभएको छ, उहाँहरुले नै सट्टाको कुरा निर्णय गराउनु भएको छ ।’

    आफूले भने राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम नगरेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । उनले भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए ।

    सरकारले समय–समयमा गराएको अध्ययनमा पनि जटिल भयो भने सट्टापट्टा पनि गर्न सकिन्छ भनेको भेटिने बताए । राम्रो विश्वासको वातावरण बनाएर मात्र लिपुलेक कालापानीको समस्या हल गर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार