Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध ११ वटा उजुरी, हैसियत र ल्याकत नभएको दाबी

    कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध ११ वटा उजुरी, हैसियत र ल्याकत नभएको दाबी

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन् ।

    न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी दिएका हुन् ।



    कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको हो। समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। जेठ २६ गतेसम्म थप उजुरी आउन सक्ने समितिले जनाएको छ ।



    कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार