Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरको चेतावनी - बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउनेलाई कारबाही गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई श्रममा नराख्न चेतावनी दिएको छ ।

महानगरले आज सार्वजनिक सूचना निकालेर महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा संलग्न गराएको र १४ देखि १८ वर्ष उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको भएमा १५ दिनभित्र जानकारी दिन अनुरोध गरेको हो ।

कानुनको उल्लंघन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई जानकारी गराउन महानगरले आग्रह गरेको छ ।

नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमारभेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी दिन सकिनेछ ।

कोही कसैले आफ्नो घरमा वा साथमा राखेको भएमा विभाग, वडा कार्यालय वा महानगर एप केएमसी एपमार्फत १५ दिनभित्र नियमअनुसार सूचीकरण हुन पनि आग्रह गरिएको छ । बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको गर्नेसमेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077