Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रमेश लेखक भन्छन् - संसद अवरुद्ध हुने कुरा अनौठो होइन, संसदीय अभ्यासकै पाटो हो

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको दाबी गरेका छन् ।

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका हुन् ।

उनले संसद् राजनीतिक थलो भएको र संसद्‌मा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएकाले अवरुद्ध हुने विषय अनौठो उनको दाबी छ ।

‘संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ । तर संसद अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077