Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्वतमा बस दुर्घटना : १८ घाइते, ७ जना पोखरा रिफर

पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयअगाडि भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् ।

म्याग्दी सदरमुकाम बेनीबाट पोखराका लागि छुटेको ना ५ ख ३९९३ नम्बरको बस सोमबार साँझ मध्य पहाडी लोकमार्गको सडकछेउमै पल्टिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार दुर्घटनामा परी ९ जना पुरुष, ७ जना महिला र २ जना बालबालिका घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये नागेन्द्र सुवेदी, लक्ष्मी सिरपाली, शर्मिला सिरपाली, शङ्कर परियार, कुमार बि.क, सिर्जना नेपाली र हर्कवीर थापामगरलाई पर्वत अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि पोखरा पठाइएको छ ।

दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको विवरण सङ्कलन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । बस दुर्घटना हुनुको कारण नखुलेको तर बसचालकलाई घटनालगत्तै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077