Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • विदेश पठाइदिन्छु भन्दै सुजन आचार्यले १० करोड ठगेको आरोप, पैसा असुल्न प्रेमिका परिचालन

    विदेश पठाइदिन्छु भन्दै सुजन आचार्यले १० करोड ठगेको आरोप, पैसा असुल्न प्रेमिका परिचालन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आफूलाई कान्छा पत्रकार दाबी गर्ने सुजन आचार्यले करोडौं ठगी गरेको आरोप लागेको छ ।

    उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भइ हाल सिंगापुरमा बस्ने आचार्यले आफ्नै प्रेमिका बिनु शाक्य र सानिमाको छोरा (भाइ) सृजन निरौलालगायतलाई परिचालन गरी ४ करोड ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको हो ।



    काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पीडित युवाहरुले आचार्यले आफूहरूसँग ४ करोड ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको जानकारी गराएका छन् । अछामका अनिल अधिकारी, कैलालीका पारस अधिकारी, काठमाडौँका सुमन दंगाल लगायतका ३९ जना पीडितहरूले आफूहरुलाई ठगेको आरोप लगाए ।



    सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको सञ्चालक रहेको र त्यहाँ काममा लगाइदिने भन्दै आचार्यले उनीहरूसँग ७ देखि ४४ लाख रुपैयाँसम्म ठगी गरेका छन् । उनीहरुले सबैसँग गरी आचार्यले कुल १० करोड रुपैयाँ ठगी गरेको दाबी गरे । पीडितहरुमध्ये धेरै सुजनकी प्रेमिका भनिने बिनु शाक्यको नेपालस्थित् ईन्भेष्टमेन्टको बैंक खातामा पैसा हालिदिएको उनीहरुको दाबी छ ।

    त्यसरी ठगिनेमा कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, बैतडी, झापा, मोरङ, काठमाडौँ, पाँचथर, दाङ, काभ्रे र बाँके गरी १२ जिल्लाका रहेका छन् । आचार्य यतिबेला सिंगापुरमै लुकेर बसेका छन् । उनले सिंगापुरबाटै उनीहरूलाई धम्की दिने गरेका छन् । पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि उनका भाइ सृजनलाई भने प्रहरीले पक्राउ गरेको छ ।

    पीडितहरुले आचार्यले नेपालमा नेता, मन्त्रीदेखि पुलिसका हाकिमहरुलाई समेत आफूले पैसा दिने गरेको दाबी गर्दै आएकोले सजिलै र बेलैमा आफूहरुले न्याय पाउनेमा भने आशंका गरेका छन् ।

    यसअघि पनि हिरा लुटपाटमा दोषी ठहर भएर दुई वर्ष कैदसमेत बसेर आचार्य छुटेका व्यक्ति हुन् । एक युवतीको गोप्य भिडियो फेला पारेपछि त्यही भिडियोको आधारमा ७ करोड रुपैयाँसम्म बार्गेनिङ गरेपछि उनी पक्राउ परेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार