Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एमाले सांसद ठाकुर गैरेले भने – सरकारले गोरखा, नुवाकोट र डडेल्धुरालाई मात्रै नेपाल देख्यो

    एमाले सांसद ठाकुर गैरेले भने – सरकारले गोरखा, नुवाकोट र डडेल्धुरालाई मात्रै नेपाल देख्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 849
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्री डा. प्रकाशशरण महत र सरकारले देशका तीन जिल्लालाई मात्रै नेपाल देखेको र अन्य क्षेत्रलाई विभेद गरेको आरोप लगाएका छन् ।

    सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद गैरेले सरकारले देशका गोरखा, नुवाकोट र डडेल्धुरालाई मात्रै बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।



    अर्थमन्त्रीले बजेट विनियोजन गर्दा तीन जिल्लालाइ कूल बजेटको ४० प्रतिशत रकम विनियोजन गरेर अन्य क्षेत्रलाई विभेद गरिएको टिप्पणी गरे।



    सांसद गैरेले भने, ‘म सुन्दै छु, यो सरकारले एउटा डडेल्धुरा र डडेल्धुराका जनतालाई नेपाली देख्छ, अर्को नुवाकोट र नुवाकोटको जनतालाई मात्र नेपाली देख्छ, गोरखा र गोरखाको जनतालाई मात्र सम्पूर्ण नेपाली जनता देख्छ ।’

    उनले आगामी आर्थिक वर्षको बजेटले कुनै दिशानिर्देशन नगरेको उल्लेख गर्दै विगतको इतिहासलाई नहेरि बजेट बनाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार