Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा तीन देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

यसअघि पनि राष्ट्रपतिले विभिन्न देशमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077