Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सरकारबारे छलफल गर्न कोशीमा माओवादी संसदीय दलको बैठक बस्दै

    सरकारबारे छलफल गर्न कोशीमा माओवादी संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 936
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ ।

    सोमबार  विराटनगरमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थनको विषयमा छलफल हुने माओवादी केन्द्रका एक सांसदले बताए ।



    एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । उसले दुईवटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।



    २५ पुसमा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

    तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन बनेको थियो । त्यसपछि केन्द्र र प्रदेशमा माओवादी नेतृत्वको सरकारबाट एमाले बाहिरियो ।

    जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार