Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • कालापानीबारे प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण – बंगलादेश मोडल मेरो प्रस्ताव होइन

    कालापानीबारे प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण – बंगलादेश मोडल मेरो प्रस्ताव होइन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 651
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपालको भूमि बंगलादेश मोडलमा साट्ने प्रस्ताव नगरेको बताएका छन्।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यताउता गर्यो कि भनेर राखेका देख्दा चिन्तित र पीडित भएको छु । नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु । बंगलादेश मोडल मेरो कुरा होइन । मैले त सीमा समस्या हल गर्नुको विकल्प नरहेको कुरा राखेको हुँ ।’

    प्रधानमन्त्री प्रचण्डले जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार