Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • ऊर्जा व्यापारका लागि ४ दिने भारत भ्रमण महत्त्वपूर्ण रह्यो : प्रधानमन्त्री प्रचण्ड

    ऊर्जा व्यापारका लागि ४ दिने भारत भ्रमण महत्त्वपूर्ण रह्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 489
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ४ दिने भारत भ्रमण महत्वपूर्ण रहेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेद्र मोदीसँग हैदरवाद हाउसमा भएको भेटवार्तामा व्यापार, पारवाहन, लगानी प्रवद्र्धन, उर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, बाढी तथा डुवान नियन्त्रण,



    कृषि, सीमा वारपार, रेल्वे सेवा सञ्चालन कार्य, पुलहरुको निर्माण तथा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा सकारात्मक अर्थपूर्ण छलफल भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने,‘नेपालले अर्को हवाई मार्ग र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने सम्बन्धमा भारतीय पक्षका बारेमा सकारात्मक कुरा भए । नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायत अन्य शहरमा दुईतर्फी उडान गर्ने सन्दर्भमा सकारात्मक छलफल भई नतिजाको नजिक पुगेको छ ।’

    दीर्घकालीन उर्जा व्यापार, भारतीय भूमि हुँदै बंगलादेशसम्म उर्जा व्यापार, जलविद्युत निर्यातको सुरुवात गर्ने सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार