Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • संसद्‌मा प्रधानमन्त्री प्रचण्डले भने– दुईपक्षीय हितलाई बलियो बनाउन भ्रमण अर्थपूर्ण रह्यो

    संसद्‌मा प्रधानमन्त्री प्रचण्डले भने– दुईपक्षीय हितलाई बलियो बनाउन भ्रमण अर्थपूर्ण रह्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 447
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण अर्थपूर्ण भएको बताएका छन् । संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै उनले भ्रमण अर्थपूर्ण भएको बताएका हुन् ।

    उनले अर्थ, ऊर्जा र उड्डयनका विषयमा महत्त्वपूर्ण सहमति भएको बताएका छन् ।



    सार्वजनिक भएकै कुराहरू बोलेका प्रधानमन्त्रीले समग्रमा आफ्नो भ्रमणले दुई पक्षीय हितलाई बलियो बनाउन कोशेढुंगा साबित भएको जिकिर गरे ।



    पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको विषय समाधान गर्ने कुरा उठाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सदनमा अहिले सम्बोधन गरिरहेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको क्रममा भारतको फुलवारी बन्दरगाह प्रयोग गर्न दिए नेपालको लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्र भारतलाई दिन सकिने भनेर दिएको अभिव्यक्तिप्रति संसद्मा स्पष्टीकरण दिन उभिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार