काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संसदमा बोलिरहेका छन्।
प्रधानमन्त्री प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवाको खोजी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले बोल्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन थियो । तर आज प्रतिपक्षी दलको प्रमुख नेता हुनुहुन्न । सत्ता गठबन्धनको पनि नेता हुनुहुन्न । अली नमिठो महसुस भएको छ ।’
उनले हिजोदेखि सदनमा भारत भ्रमणका उठेका प्रश्नबारे स्पष्ट पार्न आफू यहाँ उपस्थित भएको पनि बताए । उनले भारत भ्रमणबारे जानकारी दिन सुरु गर्दा ढिला गरी ओली भने बैठक हलमा प्रवेश गरे ।
भारत भ्रमणबारे जानकारी दिन रोष्टममा उभिएका प्रधानमन्त्री प्रचण्डले समान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रतिपक्षीका नेताहरु उपस्थित हुने परम्परा रहेको बताए ।
Leave a Reply