काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ भारत भ्रमणबारे आज संसदमा बोल्ने भएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्।
प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा र रास्वपाले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहका लागि लिपुलेप–लिम्पियाधुरालगायतका भूभाग छाड्न सकिने बताएको भन्दै जवाफ मागेका थिए ।
आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेपछि प्रधानमन्त्री प्रचण्डले आज स्पष्ट पार्ने भएका हुन् ।
सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले पनि अग्रसरता लिएका छन्।
सभामुख घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।
Leave a Reply