काठमाडौं । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।
राईविरूद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गरेको हो । खोटाङ जिल्ला अदालतका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेका छन् ।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार राईलाई सजाय गर्न माग गरी छ ।
राईको थुनछेक बयान भोली नै सुरू हुनेछ । उनलाई ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको बताइएको छ । राईले आफूलाई पटकपटक यौन दुर्व्यहार गरेको भन्दै एक किशोरीले जाहेरी दिएकी थिइन् ।
Leave a Reply