Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • १६ वर्षपछि गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा रिट

    १६ वर्षपछि गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । १६ वर्षअघिको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

    आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।



    २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।



    साहले घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् ।

    लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको यो घटनाको अनुसन्धान अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले पनि गत पुसमा सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार