Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सबै आयोजनाको म्याद थप नगरे काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

    सबै आयोजनाको म्याद थप नगरे काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धि सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै २०८० को असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको माग गरेको हो।



    प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा.प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमतिअनुसार सबै आयोजनाहरूको म्याद थप असार ४ गतेभित्र नभए आफूहरू निर्माण कार्यनै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए ।



    सरकारी रवैयाका कारण मुलुकको निर्माण उद्योग धराशायी भएको महासंघका अध्यक्ष सिंहले बताए ।

    निर्माण कार्यका लागि सरकारले नै पूर्वाधार कम्पनी खडा गरिसकेको अवस्था र निर्माण व्यवसायीहरूले निर्माण कार्य गर्न सक्ने अवस्था नै नभएका कारण देशभरका व्यवसायीहरू आफ्नो इजाजत पत्र राज्यलाई बुझाउन तयार रहेको उनको भनाई छ ।

    अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरूको पनि उद्योग भएकाले माग सम्बोधन गरेर अघि बढ्न सरकारलाई खबरदारी गर्नु परेको स्पष्ट पारे ।

    माग सम्बोधन नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार