दमक । धेरै दिनदेखि पानी नपर्दा अधिक गर्मीका कारण झापामा एक जनाको मृत्यु भएको छ ।
गर्मीका कारण दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतिराज राई ९राई कान्छा० को मृत्यु भएको प्रहरीले जनाएको छ ।
मजदुरी गरेर जिविको पार्जन गर्दै आएका राईलाई स्थानीयले आइतबार दिउँसो मकैबारीमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Leave a Reply