काठमाडौं । राष्ट्रिय योजना आयोगकी नवनियुक्त सदस्य अनीता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
नवनियुक्त सदस्य ढुंगानालाई आइतबार आयोगका उपाध्यक्ष मीनहादुर श्रेष्ठले शपथ खुवाएका हुन् ।
आयोगकी नवनियुक्त सदस्य अनीता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको छ ।
शपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य-सचिव केवलप्रसाद भण्डारीलगायतको उपस्थिति थियो ।
सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुंगानालाई महिला सदस्यको रुपमा जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।
Leave a Reply