Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डविरूद्ध प्रदर्शन गर्ने ११ जना सिनामंगलबाट पक्राउ

    प्रधानमन्त्री प्रचण्डविरूद्ध प्रदर्शन गर्ने ११ जना सिनामंगलबाट पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 531
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको हो ।



    प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै छन् ।



    प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए।

    प्रधानमन्त्री प्रचण्ड साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन्। गत जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डसहितको टोली नेपाल फर्कँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार