Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भारत भ्रमण अत्यन्तै फलदायी रह्यो

    प्रधानमन्त्री प्रचण्डले भने – भारत भ्रमण अत्यन्तै फलदायी रह्यो

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 459
    SHARES

    काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले ट्वीटरमार्फत भारत भ्रमण फलदायी भएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भनेका छन् ‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो ।भारतको प्रशिद्ध प्राचिन शहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको छ । म न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहानजीप्रति आभार प्रकट गर्दछु ।’



    प्रचण्डले भारतको स्वच्छ शहरको पहिचान बनाएको इन्दोरस्थित फोहोर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरिएको सो क्षेत्रको भ्रमण नेपालका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

    प्रधानमन्त्रीले शुक्रबार मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गरेका थिए । उज्जैनमा उनले महाकालेश्वर मन्दिरको अवलोकन र पुजापाठ गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली आज साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार