काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरबाट ६६७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट २१७ र एन्टिजेनबाट ४५० नमुना परीक्षण गर्दा पीसीआरबाट २ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो अवधिमा ५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ।
मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
Leave a Reply