काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दौरको उज्जैन पुगेका छन् ।
महाकालेश्वर मन्दिरमा उनलाई मध्यप्रदेशका राज्यपाल मंगु पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका हुन् ।
प्रधानमन्त्रीले नेपालबाट लगिएको १०८ केजी रुद्राक्षले त्यहाँ विशेष पूजा गर्ने बताइएको छ ।
उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्यता गएका हुन् ।
पूजापछि उनले महाकाल कोरिडरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
Leave a Reply