Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड इन्दौरमा, मध्यप्रदेशका मुख्यमन्त्री चौहानले गरे स्वागत

    प्रधानमन्त्री प्रचण्ड इन्दौरमा, मध्यप्रदेशका मुख्यमन्त्री चौहानले गरे स्वागत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 666
    SHARES

    काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका हुन् ।



    इन्दौर विमानस्थलदेखि विजयनगरसम्मको सडक खाली गराएर प्रधानमन्त्री प्रचण्डको सवारी चलाइएको छ ।



    महाकाल दर्शनका लागि प्रधानमन्त्री प्रचण्ड सुपर करिडोर, लवकुश चौराहा हुँदै स्थलमार्गबाट गएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड १ बजे पुनः सडक मार्गबाट इन्दौर फर्किने र मध्य प्रदेशका राज्यपाल मंगूभाई पटेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार