Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालन

    विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 648
    SHARES

    विराटनगर । विराटनगर महानगरपालिका–१८ बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको छ।

    भारतको बथनाहाबाट आठ किलोमिटर दूरी पार गर्दै बिहीबार विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीमा निर्माण भएको रेलवे कस्टम यार्डसम्म रेल आइपुगेको हो।



    बथनाहा–विराटनगर अब नियमित मालवाहक रेल चल्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै सेवा सुरु भएको हो।



    दाहाल र मोदीले बुधनगरमा निर्माण गरिएको कस्टम यार्डको संयुक्त रूपमा उद्घाटन गरेका थिए। रेलबाट नियमित रूपमा औद्योगिक कच्चा पदार्थ निकासी–पैठारी हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार