Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – अस्ति बेलुकाको स्थिति अर्कै थियो, मोदीजीसँग वार्तापछि सम्हालियो

    प्रधानमन्त्री प्रचण्डले भने – अस्ति बेलुकाको स्थिति अर्कै थियो, मोदीजीसँग वार्तापछि सम्हालियो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 930
    SHARES

    काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुरा बिग्रेला बिग्रेलाजस्तो भएर सम्हालिएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ३ पटक वान-टु वान भेटवार्तापछि वातावरण सहज भएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले जुन अपेक्षा र तयारीका साथ आएका थियौँ । बीचमा अलिकति कम्प्लेक्सिटी आउने हो कि जटिलता आउने हो कि भन्याजस्तो पनि थियो आउँदाका दिन । अस्ति बेलुकाको स्थिति अर्कै थियो, हिजो बिहानबाट बिस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदराबाद हाउसको रिजल्ट आयो । एमओयू भयो, अग्रिमेन्ट भयो । हस्ताक्षर भयो । त्यो सबैले गर्दा यो भिजिट महत्त्वपूर्ण भयो ।’



    बुधबार नयाँदिल्ली पुग्दाका दिन केही जटिलता आउने हुन् कि जस्तो वातावरण रहेको प्रधानमन्त्री प्रचण्डले बताए । बुधबार दिल्ली ओर्लिएपछि नेपाली दूतावास पुग्दा आफ्नो अनुहारमा कुनै चमक नभएको समेत उनले बताए ।

    आफूलाई कुनै दबाब भएजस्तो महसुस भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पहलमा वातावरण सहज हुन पुगेको उनले बताए । आफूले प्रधानमन्त्रीका रूपमा चार पटक भारत भ्रमण गरे पनि यो भ्रमण ऐतिहासिक भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार