काठमाडौं । नेपालबाट नेपालबाट ५० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्न दिन भारत सहमत भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपालबाट भारतीय भूभाग हुँदै बंगलादेशलाई बिजुली बेच्न दिन सहमति जनाएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको बिजुली बंगलादेशमा निर्यात गर्नेबारे संयुक्त रुपमा छिट्टै त्रिदेशीय सम्झौता हुने बताए ।
अहिलेसम्म भारतीय पक्षबाट सहमति नआएकाले बंगलादेशमा बिजुली निर्यात गर्न बाटो खुलेको छैन । रामेछाप र ओलढुंगा जिल्लाको सीमा लिखु नदीमा निर्माण भएको ५२ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजनाको बिजुली बंगलादेश निर्यात गर्ने नेपालको तयारी छ ।
सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लिन तयार रहेको प्रतिबद्धता समेत जनाए ।
Leave a Reply