Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौं–रक्सौल रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतद्वारा नेपाललाई हस्तान्तरण

    काठमाडौं–रक्सौल रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतद्वारा नेपाललाई हस्तान्तरण

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 912
    SHARES

    काठमाडौं । भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ।

    बिहीबार हैदरावाद हाउसमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधि मण्डलस्तरीय वार्तापछि रिपोर्ट नेपाललाई बुझाइएको हो।



    रेलवे विभागका प्रवक्ता अमन चित्रकारका अनुसार झन्डै १८ महिना खर्चिएर गरिएको उक्त सर्भे भारतको कोंकण रेलवेले गरेको हो।



    काठमाडौं–रक्सौल ब्रोडगेजको रेलमार्ग बनाउन २ खर्ब बढी भारतीय रुपैयाँ लाग्ने सर्भेको निष्कर्ष छ। सर्भे प्राप्त भएपछि अध्ययन गर्ने, त्यसमा केही संशोधन गर्नुपर्ने भए सुझाव, प्रतिक्रिया दिने प्रक्रिया सुरू हुने बताईएको छ ।

    काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।

    एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा  तयार गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार