काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा बिहीबार प्रधानमन्त्री कार्यलयमा पुगेर पुस्तिकामा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गरेको कलम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार प्रदान गरेका थिए ।
राष्ट्र प्रमुख एवं विशिष्ट व्यक्ति औपचारिक भारत भ्रमणमा जाँदा पुस्तिकामा हस्ताक्षर गराइने चलन रहेको छ ।
Leave a Reply