काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग नयाँ हवाई रुटको माग गरेका छन् ।
नेपाल र भारतका प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डबीचको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ एयर रुटको माग गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले नयाँ एयर रुटका लागि थप एयर इन्टी रुटका निम्ति भारतसँग अनुरोध गरेका छौँ । नेपाल भारतको सकारात्मक प्रतिक्रियाको अपेक्षाको स्वागत गर्दछ ।’
भारतीय समकक्षी नरेन्द्र मोदीसामु उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट आवश्यक भएको उल्लेख गरे ।
Leave a Reply