Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रचण्ड र मोदीले गरे बथनाहा-विराटनगर कस्टम यार्डसम्मको रेल उद्घाटन

    प्रचण्ड र मोदीले गरे बथनाहा-विराटनगर कस्टम यार्डसम्मको रेल उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1K
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका छन् ।

    बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेलवे र कार्गो रेल उद्घाटन गरेका हुन् ।



    बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल नेपालतर्फ प्रस्थान गरेको हो ।



    विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।

    उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार