Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पेनाल्टीमा रोमालाई ४–१ गोल अन्तरले हराउँदै सेभिया सातौ पटक युरोपा लिग च्याम्पियन

    पेनाल्टीमा रोमालाई ४–१ गोल अन्तरले हराउँदै सेभिया सातौ पटक युरोपा लिग च्याम्पियन

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो।

    सर्वाधिक युरोपा लिग जित्ने कीर्तिमान बनाएको सेभियाको यो सातौं उपाधि हो। बुडापेस्टको पुस्कास एरिनामा रोमालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेभियाले कीर्तिमानी सातौं युरोपा लिग उपाधि जितेको हो। रोमाका लागि रोजर इबानेज र म्यानसिनी पेनाल्टी मिस गरेका थिए।



    १–१ गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको ३४ मिनेटमा डिबालाको गोलबाट रोमाले अग्रता लिएको थियो। तर मान्सिनीले ५५ मिनेटमा आत्मघाती गोल गरेपछि सेभियाले खेल बराबरी गर्न सफल भएको थियो।



    ला लिगामा शीर्ष चार बाहिर रहेको सेभियाले अर्को सिजन च्याम्पियन्स लिगका लागि स्थान पक्का गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार