Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • विराटनगरको ‘कस्टम यार्ड’मा बिहीबार पहिलो कार्गो रेल आइपुग्दै 

    विराटनगरको ‘कस्टम यार्ड’मा बिहीबार पहिलो कार्गो रेल आइपुग्दै 

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 807
    SHARES

    विराटनगर । विराटनगरमा पहिलोपटक भन्सारको कस्टम यार्डसम्म आजबाट कार्गो रेल संचालन हुने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आउन लागेको हो ।



    रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ। तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन।



    बथनाह-कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको हो ।

    बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ।

    बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार