Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ उपाध्यक्ष पोखरेल - प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन्

सिराहा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्न सक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सिराहाले गोलबजारमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत चेतावनी समेत दिए ।

एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरीत कुनै पनि सहमति सम्झौता मान्य नहुने उनको भनाई थियो । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत् र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरूलाई आव्हानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077